केही ब्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडीयोः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । एमाले सचिव भट्टराईले नेपालले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताउनुभयो ।

उहाँले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन हुनु परिरहेको बताउनुभयो । भट्टराईले जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेकोमा जोड दिँदै कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने बताउनुभयो ।

Back to top button