निर्वाचन आयोगले सोध्यो एकिकृत समाजवादीलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको गुनासो आएको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

Back to top button