
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको र बिर्को मात्र बाँकी रहेको बताउनुभएको छ ।
आज ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको कुनै पार्टी छैन, केन्द्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । दुई–चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो ।