
काठमाडौं । माओवादी केन्द्रको चुनाव प्रचारमा सरकारी तलब खाइरहेका विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो प्रयोग भएको छ ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा अध्यक्ष प्रचण्डले नै फेसबुकमा पोस्टर सेयर गर्नुभएको छ । प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो पोस्टरमा छ ।
निर्वाचन आयोगका अधिकारीअनुसार उक्त पोस्टर आचारसंहिता विपरीत हो । जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ ।
सामाजिक सञ्जालहरुमा एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको हो ? भन्दै प्रश्न गर्न थालिएको छ ।