एमाले अध्यक्ष ओली विराटनगर र इनरुवाका लागि आउँदै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का दुई जिल्लामा हुने बृहद कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमका लागि आउँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीले प्रदेश १ को राजधानी विराटनगरमा बिहान ११ बजे कार्यकर्ता भेला तथा पार्टी प्रवेशलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै उहाँ सुनसरीको सदरमुकाम इनरुवामा आयोजित बृहद पार्टी प्रवेश कार्यक्रममा सहभागि हुने बताइएकोछ ।

नेकपा एमाले विराटनगर महानगरकमिटीको आयोजनामा हुन लागेको कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महानगर कमिटी सचिव रोहित कोइरालाले बताउनुभयो । विराटनगरमा करिब २ हजार जना नेकपा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

Back to top button