नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ ।

यसैगरी गत फागुन ३ गते कार्य समिति भङ्ग गरिएका १० वटा भातृ संस्थामा तदर्थ नेतृत्व चयन गर्ने बिषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।

Back to top button