माओवादीले हटायो चुनावी प्रचारबाट घिसिङको तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्वीर प्रयोग गरिएको चुनावी प्रचार सामग्री हटाएको छ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चौतर्फी आलोचना भएपछि तस्वीर हटाएको हो। अहिले उहाँको र जनार्दन शर्माको फोटो हटाएर अध्यक्ष प्रचण्डको एकल तस्वीर राखिएको छ।

घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । प्रचण्डको फेसबुक पेजबाट सार्वजनिक भएको पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखिएको थियो।

Back to top button