
विराटनगर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरका ट्रयाक्टर दुर्घटनामा स्थानीय जेबी राईको मृत्यु भएको हो।
भोजपुरबाट इटा बोकेर बासीखोरातर्फ जाने क्रममा गाँउपालिका–५ स्थित भोजपुर मानेभन्ज्याङ सडकखण्डमा गएराति ट्रयाक्टर दुर्घटना भएको उहाँले जानकारी दिनुभयो।
रातिको समय अनियन्त्रित हुँदै ट्रयाक्टर सडकखण्डबाट करिब २ सय मिटर तल भीरमा खस्दा २० वर्षीय राई गम्भीर घाइते भएका थिए।
ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरका अनुसार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारका क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय घोडेटारले घटनाबारे अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो।