
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ।
एआइजी केसीलाई आज बिहान बसेको मन्त्रिपरषद बैठकले आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्रमा रामशरण पौडेलसँगै केसी एआइजी हुनुहुन्थ्यो।
आइजिपी शैलेन्द्र खनालले सोमबार अवकास पाएपछि पद रिक्त थियो। केसी पौडेलको पदावधि आउँदो वैशाख १८ गतेसम्म मात्रै छ।
त्यसपछि अहिले भएका तीन जना डिआइजीमध्येबाट आइजिपी नियुक्त हुनेछ।