नेकपा एमाले र नेपाल परिवार दलबिच चुनावी तालमेल

काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच वैसाख ३0 गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि आजै कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि सूर्य चिन्हबाटै चुनाव लड्ने गरि तालमेलको सहमति भएको छ ।

Back to top button