एलएलबी प्रवेश परीक्षाको फारम खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक सत्र २०७७–०७८ का लागि स्नातक तह एलएलबी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम खुला गरेको छ।

त्रिविले आज एक सूचना जारी गर्दै बैशाख ४ गते आइतबारदेखि प्रवेश परीक्षा फारम भर्न सकिने जनाएको छ। फारम भर्नका लागि आगामी जेठ ४ गतेसम्म १ महिनाको समय दिइएको छ।

त्रिविबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन्। प्रवेश परीक्षा जेठ २१ गते हुने पनि सूचनामा तोकिएको छ। एलएलबी पठनपाठन हुने काठमाडौंको नेपाल ल क्याम्पससहित देशभरका सबै क्याम्पसमा फारम बुझाउन सकिने त्रिविले जनाएको छ।

Back to top button