थप १९ जनामा कोरोना पुष्टि, ४९ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३ सय ३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना संक्रमण मुक्त भएका छन् भने मृत्यु संख्या सुन्य रहेको छ । हाल देशभर ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।

Back to top button