सल्यानमा चट्याङ लागेका कारण ३ जना घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेका कारण एकै घरका ३ जना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उहाँकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते हुनुभएको हो ।

घरमै सुतिरहेको बेला आज बिहान करिव ३ बजेतिर उहाँहरूलाई चट्याङ लागेको थियो। घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ।

चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ।

Back to top button