पार्टीभित्रको अन्यायपूर्ण निर्णय विरुद्ध संघर्ष गर्छौंः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुने अन्यायपूर्ण निर्णयका विरुद्ध संघर्ष गर्ने बताउनुभएको छ ।

आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध लड्ने बताउनुभएको हो ।

पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने भन्दै उहाँले उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने समेत बताउनुभएको छ ।

उहाँले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताउनुभएको छ ।

साथै, हरेक अनुकूल र प्रतीकुल परिस्थितिमा भने व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विपक्षीसँग लड्ने प्रण गर्नुपर्ने उहाँको भनाई छ ।

Back to top button