गाँजा र अदुवासहितको पिकअप भ्यान नियन्त्रणमा

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध गाँजा र अदुवासहित सवारीसाधन नियन्त्रण लिएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार विराटनगरबाट भारततर्फ लैजाँदै गर्दा गएराती प्रहरीले सीमा नजिकबाट सवारीसाधन बरामद गरेको हो ।

महानगरपालिका– १८ मा इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँच गर्दै गर्दा को १ च ५३१८ नम्बरको पिकअपबाट १ सय २० किलो गाँजा र ५ सय ५४ किलो अदुवा बरामद भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले सवारी रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएका थिए । फरार रहेका चालकको खोजी पिकअप धनीको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button