जलवायु परिवर्तनबारे जनचेतना फैलाउन विश्व साइकल यात्रा सुरु

काठमाडौं । जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।

जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १ सय ५० देशमा साइकलमार्फत भ्रमण गर्ने हुनुभएको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताउनुभयो ।

उहाँले अभियानमार्फत जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १ सय ५० देशमा कार्बन उत्सर्जन न्यूनीकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने पनि बताउनुभयो ।

विश्व साइकल यात्रामा आफुले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिनुभयो । आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पदार्थको प्रयोगमा बन्द गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले साइकलमार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताउनुभयो। पाँच वर्ष भित्रमा विश्वका १ सय ५० देशको यात्रा गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

Back to top button