
जनकपुर । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले वैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिनुभएको छ ।
आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले संघीय सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो ।
मन्त्री साहले मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको भन्दै वैशाखभरीमा पनि समायोजन नभए अध्यादेशमार्फत ल्याएर भर्ना प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले संघीय सरकारअहिलेसम्म अनिच्छुक देखिएपनि अब भने चाँडै समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास रहेको बताउनुभयो ।