दुर्घटनाको दोषिलाई कारवाहिको माग राख्दै प्रदर्शन

नेपालगञ्ज । नेपालगञ्जमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

उनीहरुले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् ।

चैत २७ गते प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका ३ जनालाई कारले ठक्कर दिएको थियो ।

ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो।

Back to top button