
मकवानपुर । नेकपा एमाले र राप्रपा नेपालबीच मकवानपुरमा चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाले सूर्य चिह्नबाट चुनाव लड्ने केन्द्रिय सहमति अनुसार आजदेखि जिल्ला तहमा छलफल सुरु गरेको हो ।
आज हेटौंडा–५ स्थित एमाले मकवानपुरको कार्यालयमा दुई पार्टी प्रतिनिधिबीच संयुक्त बैठक बसी छलफल गरेको हो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा एमाले मकवानपुरका सह–इञ्चार्ज एवम् प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा र राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) अध्यक्ष दामोदर वाग्ले लगायतको सहभागी रहेको थियो ।