
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी र तालमेलको बिषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा गठबन्धन र भागबण्डाका बिषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा टुङ्गिन सकेको छैन।