
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ बिक्री खुला भएको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरका ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४ सय ८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
निष्काशन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र उक्त अवधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वजनिक सूचनामा उल्लेख छ ।