श्रीमानको कुटाईबाट घाइते महिलाको मृत्यु

विराटनगर । मोरङको जहदाकी ३२ वर्षीया पानो टुडुको आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गत चैत २९ गते मादक पदार्थ सेवन गरेर आएका ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानोलाई कुटपिट गरि गम्भिर घाइते बनाएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घाइते महिलाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । पत्नीको हत्यामा सम्लग्न नारायण फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button