
पाँचथर । नेपालका ३ जिल्लामा मात्र हुने चौँरी महोत्सव (याक फेस्टिभल) पाँचथरको फालेलुङ गाउँपालिकामा हिजो बाट सुरु भएको छ । चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा मात्र हुने गरेको छ।
महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। चौँरीको खोज अनुसन्धान गर्नको लागि अमेरिकाबाट आएकी मार्टिनका अनुसार एसियाकै कम स्थानमा मात्रै चौँरी पाइने गर्दछ।
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्बर–४ चाररातेमा पाँचौँ चौँरी महोत्सव भइरहेको हो। महोत्सवमा ५ सय चौँरी तथा याकको प्रजातिहरूको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागी ल्याइएको याकको प्रदर्शनी, चौँरीबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी रहेको छ।