कोरोना संक्रमण फेरी बढेका कारण भारतमा विद्यायल बन्द गर्न थालियो

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुनस् कोरोना संक्रमणदर बढ्दै गएको छ । योसँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्दै विद्यायलहरु बन्द गर्न थालिएको छ ।

भारतका कुल ७ सय ३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

Back to top button