
काठमाडौं । फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको छ ।
‘आआआर’ करिब ५५० करोड (भारु)मा बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ । ‘केजीएफ च्याप्टर २’ दशर्कले समेत रुचाएका छन् । बिहान ६ बजेदेखि राती अबेरसम्म राखिएको शोमा दर्शकको भिड छ । फिल्मले आज र भोलि पनि राम्रो ब्यवसाय गर्ने अपेक्षा गरेको छ ।
प्रारम्भिक तथ्यांक अनुसार फिल्मले हिन्दीमा पहिलो दिनको आम्दानीमा समेत नयाँ कृतिमान राखेको छ । फिल्मको दिन्दी संस्करणको मात्र कुल ग्रस आम्दानी ६३ करोड रहेको छ । यसको सबै खर्च कटाएर पनि ‘वार’ले बनाएको रेकर्ड तोड्छ ।
‘केजीएफ च्याप्टर–२’ को हिन्दीको पहिलो दिनको नेट आम्दानी ५४ करोड रुपैया रहेको छ । यो रेकर्ड ऋतिक रोशनको फिल्म ‘वार’ को नाममा थियो । यो फिल्मले पहिलो दिनमा ५३.२४ करोड कमाएको थियो ।
‘केजीएफ २’ ले पहिलो दिन सबै भारतिय भाषा सहित घरेलु बक्सअफिसमा १२८ करोड कमाएको छ । यो आम्दानी राजामौलीको फिल्म ‘आरआरआर’को पहिलो दिनको आम्दानी बराबर पनि हो ।
‘केजीएफ च्याप्टर २’ ले आफ्नो मातृभाषा कन्नडमा मात्र ३५ करोड कमाएको छ । यो पनि रेकर्ड बनेको छ । फिल्मले तेलूगूमा ३३ करोड, तमिलमा १२ करोड र मलायालममा करिब ७ करोड कमाएको छ ।
पहिलो दिन अर्थात नयाँ वर्षको कुल कलेक्सन (ग्रस) १५० करोड बताइएको छ ।