मुख्यमन्त्री राजेन्द्रकुमार राईद्वारा सिरुवा पर्वको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा उहाँले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

“उहाँले यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो”, सन्देशमा उहाँले भन्नुभएको छ ।

Back to top button