मन्त्रिपरिषद बैठकले गर्यो ७ निर्णय (सूची सहित)

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गतबुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Back to top button