नेकपा एकीकृत समाजवादी दैलेखका सचिव एमालेमा प्रवेश

दैलेख । नेकपा एकीकृत समाजवादी दैलेख जिल्लाका सचिव मानबहादुर खड्का एमालेमा प्रवेश गर्नुभएको छ । एक कार्यक्रमका बीच उहाँलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले स्वागत गर्नुभएको हो ।

खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा सामेल भएको सार्वजनिक गराउनुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु । आजैबाट एसको सबै जिम्मेवारी छोडी एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गरेको छु ।’

उहाँ २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो।

Back to top button