
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उहाँले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गर्नुभएको छ ।
उहाँको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।
उहाँको घोषणापत्रको पूर्णपाठः