प्यालेस्टिनी र इजरायली सुरक्षाबलबिच झडप, करिब सय जना घाइते

जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आजबिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ। झडपमा करिब १ सय जना घाइते भएको चिकित्सकहरुले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीलाई उदृत गर्दै ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो । इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी पनि घाइते भएको जानकारी दिएको छ।

Back to top button