राप्रपा देशभर आफ्नै सामर्थ्यले लड्छः राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा आफ्नो पार्टी देशभर आफ्नै सामर्थ्यले लड्ने बताउनुभएको छ ।

उहाँले सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्थानीय तहलाई त्यसै छोडिदिने निर्णय गरेकाले केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै बिषय हुने बताउनुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको भन्दै उहाँले भन्नुभयो,‘ कुनै पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा चलाएको छैन ।’

यस्तै अध्यक्ष लिङ्देनले शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।’ फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताउनुभयो ।

राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरू बाहिरिए पनि देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरू पार्टीभित्रै रहेको बताउनुभयो ।

Back to top button