महाकुलुङ्ग गाउँपालिका अध्यक्षमा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस

सोलुखम्बु । स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ ।

एमाले पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो । एमालेले पालिका पदाधिकारी टुङ्गो भने प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी छ । गठबन्धन मध्येको दल नेकपा माओवादी केन्द्रले भने अघिल्लो पटक गाउँपालिका अध्यक्ष जित्नुभएका सागर किराँती उम्मेद्वार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन ।

Back to top button