सामाजिक सञ्जालबाट सार्वजनिक भए गायिका मेलिना राईको जोडि

काठमाडौं । नेपालकी चर्चित गायिका मेलिना राईले आफ्नो हुनेवाला श्रीमानको तस्वीर सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा हुनेवाला पतिको तस्बिर सार्वजनिक गर्दै उहाँले नयाँ सुरुवात भएको उल्लेख गर्नुभएको छ ।

सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गर्नुभएकी राईले सञ्जीवलाई ट्याग गर्दै ‘टु बी हजबेन्ड’ ह्यासट्याग राख्नुभएको छ । सञ्जिव पनि संगीत क्षेत्रमा नै हुनुहुन्छ ।

उहाँ गिटारिस्ट हुनुहुन्छ भने म्यूजिक एरेन्ज पनि गर्नुहुन्छ । मेलिना र सञ्जिवको यसैवर्ष विवाह हुने बताइएको छ ।

Back to top button