चुनावी तालमेल गर्ने नगर्ने बिषयमा तल्लो कमिटी स्वतन्त्र छन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने / नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताउनुभएको छ ।

बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालमेल गर्ने वा नगर्ने विषयमा पार्टीका तल्लो कमिटी स्वतन्त्र रहेको बताउनुभयो ।

पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उहाँले पार्टीको निर्णयबारे कोही अलमलिनु नपर्ने बताउनुभयो ।

महामन्त्री थापाले गठबन्धनको केन्द्रीय संयन्त्रले समेत स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको बताउनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेस एक्लै पनि चुनाव लड्न सक्ने बताउँदै कम्युनिष्टहरुले गठबन्धन गरेर जानसक्ने सम्भावनालाई रोक्न पार्टीले यो गठबन्धन गर्नुपरेको बताउनुभयो ।

Back to top button