
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलीसम्म गठबन्धनको टुङ्गो लाग्ने बताउनुभएको छ ।
बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सत्ता साझेदार दलहरुबिच आजै खाका तयार पारेर भोलिसम्ममा गठबन्धनको टुङ्गो लाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौं ।’
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो ।
भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले उम्मेदवारी का सम्बन्धमा पनि गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको बताउनुभयो ।