
काठमाडौं । मकवानपुर प्रहरीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई पक्राउ गरेको छ।
मकवानपुरको बागमती गाउँपालिका– ८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि छात्राहरुले गएको चैत २४ गते यौन दुर्व्यवहारको उजुरी दिएका थिए।
स्थानीय बासिन्दाले गाउँमै मिलाउन खोजेपछि उनीहरू गत २४ चैत राति उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उजुरीको भोलिपल्ट आरोपित एक शिक्षक प्रहरीको सम्पर्कमा पुगेका थिए, दुईजनालाई भने हिजो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चैत २५ गते नै हेमबहादुर विक प्रहरीको सम्पर्कमा आउनुभएको थियो भने, शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा लायाएको र उहाँहरुलाई म्याद थप गरी अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताउनुभयो।