
विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एउटालाई हराएर अर्कोलाई जिताउने ठेक्का माओवादी केन्द्रको नभएको बताउनुभएको छ ।
मन्त्री आङ्बोले फेसबुकमा लेख्नुभएको छ, ‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रिपुर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौं।’
उहाँले आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गर्नुपर्नेमा जोड दिनुभएको छ ।