
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आउजीलाई आज एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभएको हो। आउजी कैलालीको अत्तरियास्थित इन्चार्ज भट्टको निवास गएर पार्टीमा प्रवेश गर्नुभएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नेत्रप्रकाश पन्तले जानकारी दिनुभयो।
उहाँले सुदूरपश्चिमका नौवटै जिल्लाबाट जसपाका अन्य नेता–कार्यकर्ता पनि एमाले प्रवेशको तयारीमा रहेको बताउनुभयो ।