
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित मुसेपानीमा धामीको भरपर्दा एक महिलाको ज्यान गएको छ ।
स्थानीय ४३ वर्षीया रञ्जला साउदको धामीको झारमुख गर्ने नाममा धामीले गरेको कुटपिट मृत्यु भएको हो । साउदको हिजो नै मृत्यु भए पनि स्थानीयले आज मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर पाएसँगै गएको प्रहरी टोलीले धामीसहित सात जनालाई पक्राउ गरेको छ।
घटनामा सम्लग्न भएको आशंकामा प्रहरीले भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट, भीमदत्त– १ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउद र देवरसहित सात जनालाई पक्राउ गरेको हो ।
विपन्न परिवारकी साउद पैसा अभावका कारण अस्पताल नगई धामीझाँक्रीको शरणमा पुगेको स्थानीयले बताएका छन् । घरमै धामी बोलाएर उपचार गर्ने क्रममा भएको कुटपिटबाट साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका थिए । मृतक महिलाका दुई छोरी हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले घटनाको बिषयमा अनुसन्धानको भइरहेको बताउनुभएको छ । उहाँका अनुसार महिला मृत अबस्थामा फेला परेको र मृत्यु कारणको खोजी भइरहेको बताउनुभएको छ । शव परीक्षणका लागि महाकाली अस्पतालमा पठाइएको छ ।