विवेकशील साझाका काठमाडौं मेयर उपमेयरको प्रतिज्ञा-पत्र सार्वजनिक

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौँको मेयर र उपमेयर पदका उम्मेदवारहरूको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताउनुभएको छ ।

जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवास् कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।

हेरौं प्रतिज्ञापत्र

Back to top button