राति फिल्म चलाउने हलहरुलाई कारबाही गर्दै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले अनुमति नै नलिइ आधा रातमा चलचित्र प्रदर्शन गर्ने हलहरुलाई कारबाही गर्ने निर्णय गरेको छ।

नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले भन्नुभयो, ‘ज–जसले नियम मिचेका छन्, उनीहरुलाई कारबाही हुन्छ। हामीले प्रक्रिया अगाडि बढाइसकेका छौँ।’

वैशाख १ गते प्रदर्शन भएको कन्नड चलचित्रको हिन्दी डब चलचित्र ‘केजीएफ च्याप्टर २’ प्रदर्शनका लागि सिनेमा हलले प्रदर्शन अगाडि नै बुकिङ खुल्ला गरेका थिए।

दर्शकको अत्याधिक माग भएपछि हल मालिकले अत्याधिक शो यो चलचित्रलाई दिएका थिए। यही क्रमम राति १ः०० बजे पनि हल खुल्ला भयो।

रातको समयमा हल खुल्ला गर्ने निर्णय भने चलचित्र विकास बोर्डलाई थाहा थिएन। हलमा कति शो गर्ने भन्नेबारे सबै जानकारी बोर्डसँग हुने गर्छ। अझ विदेशी चलचित्रको सवालमा त बोर्डले अनुमति नै दिनुपर्ने हुन्छ।

बोर्डसँग अनुमति नलिइ मध्यरातदेखि नै चलचित्र चलाउने एफक्यूब सिनेमाज्, बिग मुभिज र बीएआर मुभिजविरुद्ध बोर्डले कारबाही गर्न लागको हो।

अहिले पनि हलले ‘के जि एफ च्याप्टर २’ लाई धेरैभन्दा धेरै शोहरु दिइरहेका छन्।

Back to top button