
काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तोलामा ९९ हजार रुपैयाँ रहेको तेजाबी सुनको मूल्य हाल १ लाख १ हजार ५०० रुपैयाँ छ ।
यस्तै, यस अवधिमा चाँदीको मूल्य पनि उकालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्ममा प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय १५ रुपैयाँ पुगेको छ ।