
विराटनगर । नेपाली कांग्रेस (बीपी)को प्रदेश नं १ लक्षित प्रादेशिक कार्यकर्ता भेला सम्पन्न भएको छ । विराटनगर स्थित गणेश पार्टी प्यालेसमा नेपाली कांग्रेस (बी.पी.) , मोरङ जिल्ला कमिटीको आयोजनामा भएको एक दिने कार्यकर्ता भेला सम्पन्न भएको हो ।
नेपाली कांग्रेस(बी.पी.)को मोरङ सभापति हरिनारायण तवदार को अध्यक्षतामा सम्पन्न भएको कार्यकर्ता लाई भेला कांग्रेस (बी .पी.)को केन्द्रिय अध्यक्ष सुशीलमान शेरचनले सम्बोधन गर्नु भएको थियो ।भेलामा अध्यक्ष शेेरचनले पार्टी कार्यकर्ताहरू लाई सम्पूर्ण तागत लगाएर चुनावमा होमिन निर्देशन दिनुभएको थियो ।
नेपाली कांग्रेस (बी.पी.)को मोरङ जिल्ला अध्यक्ष तबदारले हाल सम्म मोरङमा रहेको पालिका १७ मध्य १३मा उम्मेदवार तय भईसकेको तथा बाँकी ४ पालिकामा समेत दिने तयारी भएको बताउनु भयो ।