भक्तपुरमा आज सगुन पूजा मनाइयो

भक्तपुर । बिस्ता जात्राको आठौं दिन आज द्यो स्वगं (सगुन पूजा) मनाइएको छ।

बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा देवी देवताको परिक्रमा गरी सगुन पूजा गरिएको हो।

यस क्रममा सबै देवीदेवतालाई द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो। पूजाका क्रममा सहभागीहरुले देवीदेवतालाई आ–गच्छे अनुसारका परिकार चढाएका थिए।

यस पूजा प्राचीन कालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ। बिस्का जात्राका क्रममा विघ्नबाधा वा केही भूलचुक भए माफ पाऊँ भन्ने कामनाले देवीदेवताको पूजा गर्ने प्रचलन रहेको छ।

Back to top button