राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष खरालको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका चितवन जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा तोडफोड भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर–५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको हो। महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताउनुभयोे ।

तोडफोडका कारण खरालको घरका झ्यालका सिसा फुटेका छन्। बर्तौलाले आक्रमणको भर्त्सना गरेका छन्। साथै आक्रमण गर्नेलाई पहिचान गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउन उहाँले स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।

Back to top button