हुम्ला पुग्नुभयो एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला पुग्नुभएको छ । हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुग्नुभएको हो ।

उहाँले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी लाप्चाबाट मानसरोवरको दृष्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिनुभयो । अध्यक्ष ओलीका साथ उपाध्यक्ष विष्णु पौडेल पनि हुम्ला पुग्नुभएको छ ।

Back to top button