कांग्रेस बझाङ सभापति सवार जीप दुर्घटना, छोराको मृत्यु

बझाङ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उहाँको परिवार सवार जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घटनामा सभापति बोहराका छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु गएको छ ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।

Back to top button