स्याङ्जाको वालिङमा बोलेरो जीप दुर्घटना, ५ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको बोलेरो जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। घाइते ६ जनालाई पोखरा पठाइएको प्रहरीले जनाएको छ।

वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आज बिहान दुर्घटना भएको थियो। घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि पोखरा पठाइएको हो ।

दुर्घटनामापरी मृत्यु हुनेमा डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा डाला, २५ वर्षीया शमिला सारु, सारुका ७ महिने छोरा र ६१ वर्षीय कुलकुमारी कनौजे रहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।

Back to top button