काठमाडौं महानगरमै कांग्रेसको तालमेलको विपक्षमा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामै गठबन्धनका दलहरुसँग चुनावी तालमेलको विपक्षमा उभिएको छ ।

यो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जित्ने योजना बनाइरहेको कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धन दलसँग तालमेल गर्न नहुने निर्णय गरेको हो।

आज बसेको कांग्रेस महानगर कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

आजको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको सचिव सुशन वैद्यले जानकारी दिनुभयो ।

 

Back to top button