आज दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष यादवले आज भेटवार्ता गर्नुभएको हो । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच आज छलफल भएको हो।

नेताहरूले बिहान ११ः४५ देखि १२ः२० सम्म सामूहिक रूपमा छलफल गर्नुभएको थियो।

सो भेटवार्तामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरे पनि कतिपय स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन। गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजी भइरहेका बेला गठबन्धनको प्रमुख दल कांग्रेस र गठबन्धनमा आबद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो।

Back to top button